काठमाडौं, गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ७४.८५ प्रतिशतले थोरै हो । गत वर्ष यसले ६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो
यस्तै, सोही अवधीसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९६.६५ प्रतिशतले घटेर २४ लाख ७७ हजारमा झरेको छ । गत वर्ष यसले ७ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यसको सञ्चालन नाफा पनि ९ करोड ४१ लाख रुपैयाँबाट घटेर २ करोड ७५ लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा ह्रास आएकाले नाफा घटेको हो । असोज मसान्तसम्म आइपुग्दा ७ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको गोर्खाजले ५ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ छ भने, रिजर्भ कोषमा ७८ करोड ७२ लाख रुपैयाँ छ । कम्पनीले खराब कर्जा भने ४.७३ प्रतिशतबाट बढेर ९.३७ प्रतिशतमा भएको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ७६ पैसा छ ।
प्रतिक्रिया