काठमाडौं, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१७ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १३ लाख ६४ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. १ करोड २५ लाख १७ हजार पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. ४५ लाख ७६ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४७ प्रतिशत र सञ्चालन नाफा ९१४ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. १३ करोड ६ लाख सञ्चित गरेको हो ।
प्रतिक्रिया