घोडीघोडा लघुवित्त साढे ७ लाख नोक्सानीमा, प्रतिशेयर आम्दानी रु.२.७२

४ बर्ष अगाडि

काठमाडौं - घोडीघोडा लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ७ लाख ५० हजार रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो । 

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । खुद ब्याज आम्दानी १.३१ प्रतिशतले घटेर ४५ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ४६ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, गत वर्ष ४८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको कम्पनी यो वर्ष १० लाख १ हजार रुपैयाँ सञ्चालन घाटामा छ । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७२ पैसा नोक्सानमा छ । प्रतिशेयर नेटवर्थ ६८ रुपैयाँ ७७ पैसा छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया