काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५ प्रतिशतले बढाएर २८ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ ।गत आर्थिक वर्षको यहि अवधिमा बैंकले २४ करोड १० लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.१८ प्रतिशत र सञ्चालन मुनाफा ५ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज भने ३४ करोड ४८ लाख रुपैयाँबाट घटेर ३ करोड ४२ लाख रुपैयाँमा सिमित भएको छ ।
यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ करोड ९२ लाख रुपैयाँ मात्रै रहेको छ ।
चुक्ता पूँजी ९ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५० पैसा रहेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८० पैसाले कम हो । गत आर्थिक वर्षको असोजसम्ममा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३० पैसा रहेको थियो ।
यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात ३२.२९ गुणा रहेको छ।
यस अवधिमा बैंकको जगेडा कोष ३.४७ प्रतिशतले बढेको छ । यस्तै बैंकको निक्षेप १.२३ प्रतिशत घट्दा कर्जा भने ६.६७ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया