नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८.०९%ले बढ्यो,प्रतिशेयर आम्दानी रु.२२.७३ र वितरणयोग्य नाफा कति ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६२ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आवको असोज मसान्तसम्ममा ४८.०९ प्रतिशतले बढेर ९२ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.७० प्रतिशतले घटेर १ अर्ब २७ करोडमा समिति भएको छ । 

यस अवधिमा बैंकले इम्पेरमेन्ट चार्ज भने ६२ करोड ९१ लाख रुपैयाँबाट घटाएर ३ करोड ७४ लाख रुपैयाँमा झारेको छ । बैंकले इम्पेरमेन्ट चार्ज करिब ६० करोड रुपैयाँले घटाएपछि खुद नाफा बढ्न पुगेको हो ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २० करोड ६० लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १२ अर्ब ७९ करोड ९० लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७३ पैसा, प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनुपात २०।२४ गुणा रहेको छ ।

यस अवधिमा बैंकको जगेडा कोष १.६२ प्रतिशतले बढेको छ भने निक्षेप ०.०२ प्रतिशत र कर्जा भने ९४.३९ प्रतिशतले घटेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया