हिमालयन बैंकको नाफा २३.७६ %ले बढ्यो,  वितरणयोग्य मुनाफा २ अर्ब ९३ करोड माथि

४ बर्ष अगाडि

काठमाडौं, हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा ४५ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २३.७६ प्रतिशतले बढि हो ।गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ३६ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.३४ प्रतिशत बढेको छ । यस्तै सञ्चालन मुनाफा २५.१६ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १३ करोड ४८ लाख रुपेयाँबाट बढेर १८ करोड ६८ लाख रुपैयाँ पुगेको छ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९३ करोड १७ लाख (ओपनिङ्ग ब्यालेन्स सहित) रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ ३३ पैसाले बढेर १६ रुपैयाँ ९५ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात २८.५५ गुणा रहेको छ ।

बैंकको जगेडा कोष ४.५९ प्रतिशतले बढेको छ भने निक्षेप ०.८२ प्रतिशत र कर्जा ९.५६ प्रतिशतले बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया