काठमाडौं, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको दसौँ वार्षिक साधारणसभा मंसिर १० गते हुने भएको छ ।
संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल २७.३७ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र ७.३७ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले कात्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
प्रतिक्रिया