काठमाडौं, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने स्थान परिवर्तन भएको छ। कम्पनीले उक्त पूर्व तय गरेको स्थानमा साधारण सभा गर्न नसकिने व्यहोरा जानकारी गराएको छ।
अब कम्पनीको उक्त सभा कार्तिक १७ गते बुधबार होटल ल्याण्डर्माक दरबारमार्ग काठमाडौंबाट जुमको सहायताबाट बिहान ११ बजेदेखि सञ्चालन हुने भएको छ। यसभन्दा पहिले कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, थापाथलीमा नै साधारण सभा डाकेको थियो।
रैराङ हाइड्रोपावरले लाभांश र मर्जर प्रस्ताव पारित गर्न उक्त साधारण सभा डाकेको हो। सभाले रैराङ हाइड्रोपावर, रिडी हाइड्रोपावरमा गाभिने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक वर्षको मुनाफाबाट १२.६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले कार्तिक ४ गते बुकक्लोज गरेकोे छ।
प्रतिक्रिया