राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब माथि, प्रतिशेयर आम्दानी कति र अन्य अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं, राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको  वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले चालु आवको असोज मसान्तसम्ममा एक अर्ब ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २६.७० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ८२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ प्रतिशतले बढेर २ अर्ब ३४ करोड रुपैयाँ पुगेपनि नेट फि तथा कमिशन आम्दानी भने २०.४६ प्रतिशतले घटेको छ ।

यस्तै बैंकको सञ्चालन मुनाफा पनि ९.३८ प्रतिशतले बढेर १ अर्ब २८ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकले २ अर्ब ४० अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप संकलन ८.७९ प्रतिशतले घट्दा कर्जा लगानी भने ६.५३ प्रतिशतले बढेको छ ।

चुक्ता पूँजी १० अर्ब १८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ ।

यस्तै , बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको तुलनामा ४ रुपैंया ४२ पैसाले बढेर ४१ रुपैंया २६ पैसा पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया