काठमाडौं, समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफा लाभांश प्रस्ताव गरेको छ । लघुवित्तले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले चुक्ता पूँजी २८ करोड ५६ लाख रुपैयाँको २० प्रतिशतले हुने आउने ५ करोड ७१ लाख रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने १ करोड ४२ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको अनुमति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
कार्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
प्रतिक्रिया