महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि वृद्धि

४ बर्ष अगाडि

काठमाडौं, महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

वित्तिय विवरण अनुसार चालु आवको असोज मसान्तसम्म्ममा २३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४४.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा १५ करोड ९७ लाख रूपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशत मात्र बढेको छ भने नेट फि तथा कमीशन आम्दानी ५८.५५ प्रतिशत र सञ्चालन मुनाफा ५१.४७ प्रतिशत बढेको छ ।

चुक्ता पूँजी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७० करोड संञ्चित रहेको छ । यस अवधिमा बैंकको निक्षेप ३।०४ प्रतिशत र कर्जा ५.८४ प्रतिशतले बढेको छ ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७९ पैसाले बढेर २७ रुपैयाँ ५९ पैसा पुगेको छ ।

यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ६५ पैसा र मूल्य आम्दानी अनुपात २१.१३ गुणा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया