स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ४८ करोड माथि, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं, स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार बैंकले चालु आवको असोज मसान्तसम्ममा ४८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २०.०५ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४० करोड १३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८३ प्रतिशतले बढेर ८७ करोड १३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा पनि १८.६८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २ प्रतिशतले घटेर ८५ अर्ब ४५ करोड रुपैयाँमा समिति भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ८७ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

यस्तै बैंकका कर्जा लगानी भने १०.५६ प्रतिशतले बढेर ६८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

हाल ८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ५ अर्ब ९१ करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४४ पैसाले बढेर २२ रुपैयाँ ४८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ३३ पैसा र मूल्य आम्दानी अनुपात २३.७१ गुणा रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया