काठमाडौं, सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सिभिल बैंकले २९ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २००.९४ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ९ करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकले ७१ करोड ७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.८२ प्रतिशतले बढी हो। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ७६.२६ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६० करोड २८ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १३.७६ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ४.६३ प्रतिशतले बढेको छ भने कर्जा ३.६२ प्रतिशतले बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा कायम छ। यस बैंकको मूल्य आम्दानी अनुपात १७.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ८८ पैसा रहेको छ। बैंकको निष्कृय कर्जा अनुपात ०.९६ प्रतिशत रहेको छ।
प्रतिक्रिया