१ अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले रू. एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले सोमवार ऋणपत्र विक्री गर्न लागेको हो ।

बैंकले ९१ दिन अवधिको रू. १० करोड बराबरको र ३६४ दिन अवधिको रू.एक अर्ब ५६ करोडको गरी कुल रु. एक अर्ब ६६ करोडको  ट्रेजरी बिल सोमवार जारी गर्न लागेको हो ।

बैंकले आइतवार जारी गरेको सूचनाअनुसार ९१ दिने  ट्रेजरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने  ट्रेजरी २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक ८ मा बैंकले रू.  पाँच अर्ब ६० करोडको  ट्रेजरी बिल विक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमवार दिउँसो ३ बजे खुला हुने बैंकले जानकारी दिएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलवार ट्रेजरी बिल जारी गर्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया