काठमाडौं, सनराईज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४३ करोड ७ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४७ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.५१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६.४० प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ७.९७ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ६ करोड ७१ लाख रुपैयाँमा सिमित भएको छ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ७.२२ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २०.५२ प्रतिशतले बढेको छ भने कर्जा १३.१८ प्रतिशतले बढेको छ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ १६ पैसा कायम भएको छ। यस बैंकको मूल्य आम्दानी अनुपात १७.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा रहेको छ।
प्रतिक्रिया