सांग्रिला डेभलपमेन्ट बैंकको नाफा साढे ५ करोड नजिक,प्रतिशेयर आम्दानी रु.७.९६ हुदाँ वितरणयोग्य नाफा कति ?

४ बर्ष अगाडि

काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.०२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४२.६३ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ६४.२५ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ४.५० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ६.९५ प्रतिशत बढेको छ भने कर्जा १४.०८ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ४९.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ २४ पैसा रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया