काठमाडौं, शाइ रेसुङ्गा डेभलपमेन्ट बैंक र ज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।
शाइ रेसुङ्गा बैंकले हाल कायम चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यस्तै, ज्योति लाइफ इन्स्योरेन्स हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया