काठमाडौं -ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार चालु आर्थिक वर्षको असोज सम्ममा खुद नाफा ५.४ प्रतिशत ले बढेर १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो ।
सो अवधीसम्म बैंकको वितरणयोग्य नाफामा भने आकर्षक वृद्धि भएको छ । गत वर्ष २२ करोड ६१ लाख ६१ हजार रुपैयाँ रहेको वितरणयोग्य नाफा यो वर्ष ३ अर्ब ३५ करोड ८० लाख ११ हजार रुपैयाँ पुगेको छ ।
यता, खुद ब्याज आम्दानी भने ९.८२ प्रतिशतले घटेर २ अर्ब ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ५.४५ प्रतिशतले बढेर १ अर्ब ५५ करोड ५६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी २० रुपैयाँ ५७ पैसा छ ।
प्रतिक्रिया