नबिल बैंक नाफामा सामान्य वृद्धि, घट्यो प्रतिशेयर आम्दानी र अन्य अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं, नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ५७ लाखरुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४२.४१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७.१३ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा २६.३२ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८५ करोड १९ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ४.६७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १.०८ प्रतिशत बढेको छ भने कर्जा ४.७१ प्रतिशत बढेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ९४ पैसाबाट ७ रुपैयाँ ८० पैसा घटेर ३२ रुपैयाँ १४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ४६।५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया