एनआईसी एशिया बैंकको वित्तीय विवरण सार्वजनिक, सबैभन्दा धेरै नाफा कमाउन सफल

४ बर्ष अगाडि

काठमाडौं, एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ।

असोज मसान्तसम्ममा बैंकले १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.४२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.९३ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ४५ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ११.३१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ३.०५ प्रतिशत घटेको छ भने कर्जा ६.२६ प्रतिशत बढेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ १४ पैसाबाट १ रुपैयाँ ३० पैसा घटेर ४० रुपैयाँ ८४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २०.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ९० पैसा रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया