लाभांश प्रस्ताव पारित गर्न नेपाल बंगलादेश बैंकले डाक्यो साधारण सभा, बुक क्लोज आज

४ बर्ष अगाडि

काठमाडौं, नेपाल बंगलादेश बैंकले मंसिर २ गते वार्षिक साधारण सभा बोलाएको छ । 

सभा बिहान ११ बजे भर्चुअल मध्यमबाट सुरु गर्ने बैंकले जनाएको छ । यसको लागि बैंकले शेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने जनाएको छ । 

बैंकले १५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले आज सोमबार बुक क्लोज गर्दैछ । बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्दैछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया