लाभांश प्रस्ताव पारित गर्न आरएसडिसी लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौँ वार्षिक साधारण सभा मंसिर १० गते बोलाएको छ। सभा रुपन्देहीको बुटवलमा हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.५२६३ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

संस्थाको चुक्तापुँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँ रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले कात्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया