राष्ट्रिय वाणिज्य बैंकमा एकैचोटी ८३६ जना कर्मचारी माग, कसरी दिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं, राष्ट्रिय वाणिज्य बैंकले ८३६ जना कर्मचारी माग गरेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै चौथो तहको साहयकदेखि नवौं तहको बरिष्ठ प्रबन्धकसम्म को कर्मचारी माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यलयको लागि प्रशासन अन्तर्गत २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उप प्रबन्धक पदमा कर्मचारी माग गरेको छ ।

यस्तै सातवटै प्रदेश अन्तर्गतको कार्यलयहरुका लागि प्रशासन,कानुन,सूचना प्रविधि र नगदमा सहायक प्रबन्धक, बरिष्ठ सहायक र सहायक पदमा कर्मचारी मागेको हो ।

बैंकले खुला गरेको रोजगारीमा आवेदन दिन चाहने इच्छुक र योग्य आवेदकले बैंकको वेवसाइटमा गएर अनलाइन मार्फत मंसिर ५ भित्र आवेदन दिन सकिने छन् ।

यस्तै दोब्बर दस्तुर तिरेर मंसिर १२ सम्म आवेदन दिन सकिने पनि बैंकले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया