साधना लघुवित्तले पारित गर्‍यो २६.३२ प्रतिशत लाभांश

४ बर्ष अगाडि

काठमाडौं - साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा होटल गोरखा बिसौनी गोरखामा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्बतबाट पारित गरेको छ ।  

संस्थाको सञ्चालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थापक समुहबाट आगामी चार वर्षे कार्यकालका लागी  कृष्ण बहादुर थापा, डा।नरहरी ढकाल, रमेश सापकोटा र अर्जुन कुमार सि। लाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको छ । 

साधारण सभा पश्चात बसेको सञ्चालक समितीको बैठकले कृष्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालक समिती पूर्नगठन गरेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया