काठमाडौं - आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ३० लाख खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार कम्पनीको नाफामा सामान्य गिरावट देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४८ प्रतिशत कम रहेको छ । विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च बढेका कारण कम्पनीको नाफामा गिरावट देखिएको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३.९१ प्रतिशत बढेको छ । त्यसैगरी कम्पनीको कुल नाफा २.३९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.९८ प्रतिशत मात्र बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ ९३ पैसाबाट घटेर १६ रुपैयाँ ५१ पैसामा झरेको छ ।
प्रतिक्रिया