काठमाडौं, समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार लघुवित्तको चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ लाख ७७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८५.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४ लाख ४१ हजारबाट बढेर ६ लाख २३ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा १ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ।
समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष १५५.५४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ८९.७५ प्रतिशत र निक्षेप १२.०६ प्रतिशत बढेको छ भने कर्जा ७६.३० प्रतिशत बढेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २८ पैसाबाट ३९ रुपैयाँ ५८ पैसा बढेर ३९ रुपैयाँ ८६ पैसा पुगेको छ। असोज
मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात १४५.५० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ४७ पैसा रहेको छ।
प्रतिक्रिया