काठमाडौं - कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १०.५८ प्रतिशत घटेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ६७.०५ प्रतिशत बढेको छ ।
असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १० करोड ६३ लाख रुपैयाँ रहेको छ । १ अर्ब २४ करोड ७० लाख ९७ हजार रुपैयाँ ओपनिङ्ग ब्यालेन्सका कारण बैंकको वितरण योग्य मुनाफा बढी देखिएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ६.७५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ६.४१ प्रतिशत बढेको छ भने कर्जा १०.५० प्रतिशत बढेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसाबाट ३ रुपैयाँ ६५ पैसा घटेर १५ रुपैयाँ ६० पैसामा झरेको छ ।
प्रतिक्रिया