एनएमबि लघुवित्तको नाफा बढेपनि घट्यो प्रतिशेयर आम्दानी, कति ?

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड २४ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८८ प्रतिशत बढी हो । 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड १२ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४०.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४.०२ प्रतिशत बढेको छ। 

निष्क्रिय कर्जा २.१ प्रतिशतबाट बढेर ३.३७ प्रतिशत पुगेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा १ करोड १ लाख रुपैयाँ छुट्याउँदा लघुवित्तको खुद नाफा प्रभावित भएको हो ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५५ पैसाबाट ३ रुपैयाँ ५९ पैसा घटेर २४ रुपैयाँ ५ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ६५ पैसा रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया