गरिमा विकास बैंक गाभिन्दै सहारा विकास बैंक, एकिकृत कारोबार कहिलेबाट

४ बर्ष अगाडि

काठमाडौं - गरिमा विकास बैंकले एक्वायर गरेको सहारा विकास बैंक कात्तिक २८ गतेदेखि गरिमामा विलिन हुने भएको छ । सहारालाई एक्वायर गरेको गरिमाले गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेको हो ।

गरिमा विकास बैंकको भदौ १५ गते र सहाराको भदौ १२ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले सो एक्विजिशनको प्रस्ताव पारित गराएका थिए भने नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक ११ गते एक्विजिशनका लागि अन्तिम स्वीकृति दिएका थिए ।

गरिमा विकासले सहारा विकासलाई १ बराबर १ को शेयर आदानप्रदान रेशियोमा प्राप्ति गरेको हो। गरिमा राष्ट्रियस्तरको विकास बैंक हो। सहारा सर्लाहीमा मात्र रहेको एक जिल्ले विकास बैंक हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया