काठमाडौं - पोखरा फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा फाइनान्सको मुनाफामा बृद्धि भएको देखिन्छ ।
समिक्षा अवधिसम्म आइपुग्दा फाइनान्सले १२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५६.०८ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा फाइनान्सले ८ लाख ३१ हजार हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म फाइनान्सको सञ्चालन मुनाफा पनि ५६.११ प्रतिशतले बढेर १८ लाख ५३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ११ लाख ८७ हजार रूपैयाँ रहेको थियो ।
त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा फाइनान्सको खुद व्याज आम्दानी पनि २२.९७ प्रतिशतले बढेर ८ करोड ५ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ८ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५४ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ८४ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) १०९२.५९ गुणा रहेको छ ।
प्रतिक्रिया