सानिमा बैंकको साधारण सभा आइतबार हुदैं, लाभांश प्रस्ताव कति ?

४ बर्ष अगाडि

काठमाडौं- सानिमा बैंकले १७ औंं वार्षिक साधारण सभा आइतवार बोलाएको छ । सभा बिहान ११ बजे अम्रपाली ब्याँक्वेट बालुवाटारमा  हुनेछ । 

सभाले १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै सभाले यस बैंक कुनै बैंक तथा वित्तीय संस्थामा प्राप्ति वा मर्जर गर्न आवश्यक भएमा सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयधरनीदर्ता पुस्तिका कात्तिक ७ गते एक दिन बन्द भइसकेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया