काठमाडौं, सिद्धार्थ इक्वीटी फण्डले असोज मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार फण्डले असोज मसान्तसम्ममा रू.३ करोड १० लाख २४ हजार नाफा कमाएको छ ।फण्डले भदौ मसान्तसम्ममा रू। ६ करोड ४१ लाख ९१ हजार नाफा कमाएको थियो । भदौ मसान्तको तुलनामा असोज मसान्तमा फण्डको नाफा ५१ प्रतिशत कमि आएको छ ।
भदौ मसान्तसम्ममा फण्डले रू. ७ करोड १५ लाख ८० हजार आम्दानी गरेकोमा असोज मसान्तसम्ममा घटेर रू. ४ करोड २३ लाख ८० हजारमा झरेको हो ।
भदौ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब ५९ करोड ३९ लाख ६२ हजार लगानी रहेकोमा असोज मसान्तसम्मा वृद्धि भएर रू. १ अर्ब ६९ करोड ९७ लाख ५४ हजार पुगेको हो ।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत उक्त फण्ड सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया