काठमाडौं, नेपाल राष्ट्र बैंकको आरटिजीएस प्रणाली शनिवार पनि खुल्ला रहने भएको छ ।
राष्ट्र बैंकले शुक्रवार एक सूचना जारी गर्दै आरटिजीएस प्रणाली भोलि (शनिवार) बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालनमा रहने बताएको हो ।
राष्ट्र बैंकका अनुसार विकास ऋणपत्र २०८० ‘ख’ र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली खुल्ला रहने भएको हो ।
प्रतिक्रिया