एनएमबि लघुवित्तले गर्‍यो २२.६३ प्रतिशत लाभांश घोषणा

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १।१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा लघुवित्त संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्ताले पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया