मेरो माइक्रोफाइनान्स लघुवित्तको ५ लाख ७१ हजार बढि कित्ता संस्थापक सेयर बिक्रीमा, २३ गते भित्र आवेदन दिनु पर्ने

४ बर्ष अगाडि

काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहको सेयर आजदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । 

संस्थाले ५ लाख ७१ हजार ५९८ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ४ सय ५० रूपैयाँमा बिक्री खुल्ला गरेको हो । उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले कार्तिक २३ गतेसम्ममा आवेदन दिनु पर्ने छ ।

न्युनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, संस्थाको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

बोलपत्र कात्तिक २५ गते बिहान १० बजे एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंमा खाल्ने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया