उन्नति सहकार्य लघुवित्तद्धारा ३२ प्रतिशत लाभांश घोषणा, कर नलाग्ने

४ बर्ष अगाडि

काठमाडौं - उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था बिच मर्जर पछि गत बर्ष असार २६ गतेदेखि उन्नति सहकार्य लघुवित्तका नाममा एकिकृत कारोबार थालेका हुन् । 

कम्पनी हालै मर्जर प्रक्रियामा गएकाले कम्पनीले वितरण गर्ने बोनस सेयरमा कर लाग्दैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया