काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेले स्वरोजगार लघुवित्त र आशा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो ।
दुबै लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
स्वरोजगार लघुवित्त
नेप्सेमा स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस शेयर समायोजन भएको छ । समायोजनपश्चात स्वरोजगारको शेयरमूल्य १ हजार २७२ रुपैयाँ तोकिएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार शेयर प्रतिकित्ता १ हजार ५९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
आशा लघुवित्त
आशा लघुवित्तको २५ प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन भएको छ । समायोजनपश्चात १ हजार ५१९ रुपैयाँ ९२ पैसा तोकिएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार प्रतिकित्ता १ हजार ८९९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया