काठमाडौं - चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ८७ लाख २१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरोको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ७१ लाख रुपैयाँ नोक्सानी व्यहोरोको थियो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्म ९१ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ ।
असोज मसान्तसम्ममा कम्पनीले ८ करोड १५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ४४ लाख २० हजार रुपैयाँ मात्र थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १३।६४ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको जगेडा कोष ४३ करोड २२ लाख रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १० पैसा रहेको छ । त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रुपैयाँ ८२ पैसा रहेको छ ।
प्रतिक्रिया