काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३७ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले उल्लेख्य खराब कर्जा उठाएका कारण नाफा बढेको थियो। यद्यपि, उक्त अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ऋणात्मक रहेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.२० प्रतिशत घटेको छ भने ११ करोड ९ लाख ऋणात्मकबाट २३ करोड २ लाख धनात्मक भएको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको सञ्चालन मुनाफा धनात्मक बन्न पुगेको हो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७८ रुपैयाँ ८१ पैसाबाट २८ रुपैयाँ ७७ पैसा घटेर ५० रुपैयाँ ४ पैसामा झरेको छ ।
प्रतिक्रिया