काठमाडौं- रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र सनराइज क्यापिटलको साधारण सभा भोलि (शुक्रवार) हुदैँछ ।
रिडी हाइड्रोपावरको २० औं वार्षिक साधारण केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले १२.६ प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई गाभ्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक २ गते बन्द भइसकेको छ । यस आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
त्यसैगरी सनराइज क्यापिटलले ११औं वार्षिक साधारण सभा क्यापिटलको कार्यालय कमलपोखरीमा दिउँसो २ बजे गर्न लागेको बताएको छ ।
सभाले ४० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८र ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया