काठमाडौं - माछापुच्छ्रे कृति क्यापिटलले लाभांश गरेको छ । बुधबार सम्पन्न भएको दोस्रो वार्षिक साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ६.४ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर गरी कुल १३.४ प्रतिशत लाभांश पारित गरेको हो ।
सभाले शिखर इन्स्योरेन्सका प्रतिनिधि दीपप्रकाश पाण्डेलाई संस्थापक सेयरधनीको रुपमा निर्वाचित गरेको छ । पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
संस्थाको पूँजी वृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउने, प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने आवश्यक संशोधनको प्रस्तावहरु पनि साधारण सभाबाट पारित भएको छ ।
प्रतिक्रिया