काठमाडौं - युनिलिभर नेपालको वार्षिक साधारण सभा आज हुँदैछ । सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ नयाँ बानेश्वर, काठमाडौंमा भर्चुअल अर्थात् भिडियो कन्फरेन्समार्फत दिउँसो ३स्४५ बजेदेखि शुरु हुनेछ ।
सभाले आज लाभांश सहित विभिन्न एजेन्डाहरु पारित गर्नेछ । कम्पनीले नगद लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका २५ असोजदेखि ११ कात्तिकसम्म बुक क्लोज गरेको थियो ।
त्यसैले नेप्सेमा असोज २४ गते आइतबारसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको फाइदाबाट प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोछ ।
सभामा लाभांश वितरणको प्रस्तावसहित आर्थिक वर्ष ०७७/७८ को नाफा नोक्सान, नगद प्रवाहमा छलफल गर्ने प्रस्ताव रहेको छ ।
प्रतिक्रिया