मिर्मिरे लघुवित्तले कमायो ६ करोड ३७ लाख ६१ हजार नाफा, ईपीएस कति ?

४ बर्ष अगाडि

काठमाडौं - मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । 

लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १९३.३३ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले २ करोड १७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १९३.३३ प्रतिशतले बढेर १० करोड १२ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ करोड ४५ लाख रूपैयाँमा सिमित रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ११५.७१ प्रतिशतले बढेर १३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४३ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा ४१ करोड १७ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५८ रुपैयाँ ६२ पैसा छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३७.०१ रुपैयाँले बढि हो । 

त्यस्तै प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ६५ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) २५.७४ गुणा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया