आज कात्तिक ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै स्वरोजगार लघुवित्तको लाभांश पाउने

४ बर्ष अगाडि

काठमाडौं - स्वरोजगार लघुवित्तले पनि साधारणसभा तथा लाभांश वितरणका लागि लघुवित्तले १२ देखि २७ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ । 

यसअनुसार आज कात्तिक ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको साधारण सभा कार्तिक २७ गते हुदैँछ ।

लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो । सभामा बोनस सेयर प्रस्ताव पारित हुनेछ । 

अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकहरूको निर्वाचन गर्नेलगायतका एजेन्डा छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया