आशा लघुवित्त  र सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - आशा लघुवित्त सिभिल लघुवित्त र स्वरोजगार लघुवित्त लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

आशा लघुवित्तकोे असोज १७ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले भोलि अर्थात १२ कात्तिकमा बुक क्लोज गर्नेछ त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश र साधारसभामा सहभागि हुन पाउनेछन् ।

सिभिल लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले १४ कात्तिकमा बुक क्लोज गर्नेछ १२ र १३ गते शुक्रबार र शनिबार परेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

सभामा १९ प्रतिशत बोनस सेयर र कर तिर्न एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस हुनेछ । कम्पनीको आर्थिक वर्ष ०७७/७८ को नाफा९नोक्सानसम्बन्धी छलफल, आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतको एजेन्डा छ । कम्पनीले सभामा चार करोड ६० लाख तीन हजार ६२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया