प्राइम बैंकले नेरुडे लघुवित्तको १ लाख १३ हजार ५०० कित्ता संस्थापक शेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर लिलाम बिक्री गर्ने भएको छ ।

बैंकले लघुवित्तको १ लाख १३ हजार ५०० कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । सो शेयर खरिदका लागि कात्तिक २३ गतेदेखि मंसिर १ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ । त्यसैले, बोलकबोल गर्दा लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सबै शेयरका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया