काठमाडौं, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा मंसिर ५ गते हुने भएको छ।
सभा सुनसरीको धरान–१३ स्थित धरान ब्याकेट एन्ड इभेन्ट म्यानजमेन्ट प्रालिमा हुनेछ। आज बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ५.४१ नगद लाभांश अनुमोदन गर्नेछ।
सोही सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक पनि निर्वाचन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले कात्तिक २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
प्रतिक्रिया