काठमाडौं, युनिलिभर नेपालको वार्षिक साधारण सभा भोलि(बिहीवार) हुने भएको छ । सभा अपरान्ह ३ः४५ बजे भिडियो कन्फ्रेन्स मार्फत हुनेछ ।
सभाले प्रतिशेयर रू. ६५० को दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको संगठित समाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने,सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज २५ गतेदेखि ११ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा असोज २४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया