काठमाडौं, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।
इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट कार्तिक ५ गते, बुधबार स्वीकृत भए अनुसार इन्स्योरेन्सले २०७७ असार मसान्तसम्म जारी भएका जीवन बीमालेखहरुमा लागू हुनेगरी बोनसदर कायम गरेको हो ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा ३ प्रकारका बीमा योजनाहरू अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख, सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखका लागि प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो ।
कम्पनीको अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखका लागि बीमा अवधिको आधारमा आव २०७६/७७ का लागि बीमितलाई प्रतिहजार ४५ देखि ६३ रुपैयाँ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ । जसमा १० देखि १४ र १५ देखि १९ वर्षसम्मको बीमालेख खरीद गर्ने बीमितले ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ र २५ देखि २९ वर्षमाथिको बीमालेखमा ६३ रुपैयाँ बोनस पाउनेछन् ।
यसैगरी सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रतिहजार न्युनतम ३८ रुपैयाँ देखि ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ । जस अन्तर्गत ९ वर्षसम्मको बीमालेखमा ३८ रुपैयाँ, १० देखि १४ वर्षमा ४३, १५ देखि १९ वर्षमा ४८, २० देखि २४ वर्षमा ५८, २५ देखि २९ वर्षमा ६३ र ३० वा सोभन्दा माथिको बीमालेखमा बीमितले प्रतिहजार ७३ रुपैयाँ बोनस पाउनेछन् ।
आव २०७६/७७ का लागि कम्पनीले सार्वजनिक गरेको सावधिक तथा आजीवन बीमालेखमा पनि बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३८ रुपैयाँ देखि अधिकतम ७३ रुपैयाँसम्म बोनस पाउनेछन् । जस अन्तर्गत ९ वर्षसम्मको बीमालेखमा ३८ रुपैयाँ, १० देखि १४ वर्षमा ४३, १५ देखि १९ वर्षमा ४८, २० देखि २४ वर्षमा ५८, २५ देखि २९ वर्षमा ६३ र ३० वा सोभन्दा माथिको बीमालेखमा बीमितले प्रतिहजार ७३ रुपैयाँ बोनस पाउनेछन् ।
प्रतिक्रिया