स्वावलम्वन लघुवित्तका कर्मचारी  डेढ महिनादेखि आन्दोलनमा, कारण के ?

४ बर्ष अगाडि

काठमाडौं, स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलित बनेका छन् । कर्मचारीको सेवासुविधा वृद्धिका विषयमा लिखित सहमतिलाई अटेर गर्दै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन पक्ष अहिले ज्यादतीमा उत्रिएको कर्मचारीहरुले आरोप लगाएका छन्। 

संगठनले  यस अघि भएका सहमति कार्यन्वयन गर्नु पर्ने,  ७ जना कर्मचारीहरुलाई बर्खास्त गर्ने नियत राखी सोधिएको सात दिने प्रष्टीकरण फिर्ता गरिनु पर्ने, र वार्ता तथा छलफलबाट समस्या समाधान गर्नु पर्ने माग राखेको छ। यस विषयमा राष्ट्र बैंकमा उजुरीसमेत दिइसकिएको कर्मचारीहरुले बताएका छन्। 

विगतका सहमतिहरु कार्यान्वयन गर्न विज्ञप्ती मार्फत समस्या समाधान गर्न अनुरोध गरेको, श्रम ऐन तथा प्रचलित कानुनको अधिकार प्रयोग गरि बिरोधका कार्यक्रम घोषणा गरि विगत ७९ दिन देखि शान्तिपूर्ण धर्ना गर्दा संस्थाको सम्पूर्ण कामकाज ठप्प भई ग्राहक सदस्यहरु निक्षेप तथा कर्जा कारोबारवाट वञ्चित हुदा समेत औपचारीक वार्ता तथा छलफलको माध्यमवाट समस्या समाधान गर्नुको साटो शान्तिपूर्ण धर्नामा सहभागी रहेका युनियनकर्मी कर्मचारीरश्रमिकहरुलाई कारबाही गर्ने उद्देश्यले जानी जानी झट्ठो प्रमाण सृजना गरेर, जानी जानी दुःख वा हैरानी दिने उद्देश्य राखी, कर्मचारी कर्मचारीहरु विच बैमनश्यता वा मनमुटाव ल्याउने उद्देश्यले मिति २०७८/०४र२५ गते देखि हालसम्म सयौं जना कर्मचारी शान्तिपूर्ण धर्नामा सहभागी हुदा पनि धर्नामा सहभागी मध्ये ७० जनालाई मिति २०७८/०७र दैनिक कान्तिपुर पत्रिकामा लिखित स्पष्टिकरण पेश गर्ने बारेको सूचना अनुसार सेवावाट बर्खास्त गर्ने संस्था व्यवस्थापनको दमनकारी कदमको संगठनले विरोध गरेको हो ।

संगठनले समस्या समाधान गराई पाऊ बारेको पत्र नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यालयमा,डेपुटी गभर्नरहरुको कार्यालयमा, , बैंक तथा वित्तीय संस्था नियमन विभागमा,  लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पत्र प्रेसित गर्दा पनि समस्या समाधानको लागी कुनै ठोस पहल नभएको संगठनले जनाएको छ । संगठनले नेपाल राष्ट्र बैंकको रहोवरमा दुई पक्ष विच वार्तार छलफल गराई समस्या समाधान गराई दिनको लागि आग्रह गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया